Rule 34
प्रमाणपत्र निलम्बनको फुकुवा
(१) नियम ३३ को उपनियम (२) बमोजिम ग्राहकले पेश गरेको स्पष्टीकरण समेत विचार गरी प्रमाणपत्रको प्रयोग सार्वजनिक हित विपरीत हुने गरी प्रयोग भए वा नभएको सम्बन्धमा प्रमाणीकरण गर्ने निकायले आवश्यक छानविन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम छानविन गर्दा नियम ३३ को उपनियम (१) बमोजिम भएको नदेखिएमा प्रमाणीकरण गर्ने निकायले त्यस्तो प्रमाणपत्रको निलम्बन फुकुवा गर्नु
पर्नेछ । तर नियम ३३ को उपनियम (१) को खण्ड (ग) बमोजिम नियन्त्रकको निर्देशन बमोजिम प्रमाणपत्र निलम्बन गरिएको अवस्थामा नियन्त्रकको स्वीकृति लिएर मात्र प्रमाणपत्रको निलम्बन फुकुवा गर्नु पर्नेछ ।